खेलकूद

आईपीएल क्रिकेटमा आज दुई खेल हुने

हिमालय टिभी
२०७८ असोज २१ गते ९:०५
आईपीएल क्रिकेटमा आज दुई खेल हुने

२१ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेल हुने भएका छन् ।

पहिलो खेलमा चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुन लागेको हो भने दोस्रो खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच हुनेछ ।

गएराति भएको खेलमा भने सनराइजर्स हैदरावादले जित निकालेको छ । दुबईको अबुधाबीमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको हो ।

हैदराबादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्