खेलकूद
ईपीएलमा आज दोस्रो क्वालिफायर खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने
२०७८ असोज २१ गते ८:०७
२१ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर आज हुँदैछ ।
दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्याडियटर्स र पोखरा राइनोज भिड्न लागेका हुन् । भैरहवाका कप्तान शरद भेषवाकर हुन् भने पोखरा विनोद भण्डारीको कप्तानीमा रहेको टोली हो ।
आजको विजेताले उपाधिका लागि चितवन राइनोजसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । पोखरा पहिलो क्वालिफायरमा पराजित टोली हो ।
उता भैरहवाले भने एलिमिनेटरमा काठमाडौं किंग्स(एलाभेनलाई हराएको थियो । ईपीएलमा भैरहवा र पोखरा दोस्रो पटक भिड्न लागेका हुन् ।
यसअघि वर्षाले प्रभावित भएपछि पहिलो खेल नतिजाविहीन भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा बाह्र बजे शुरु हुने खेलको हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिक्रिया