खेलकूद

कात्तिक अन्तिम साता दोस्रो प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता हुने

हिमालय टिभी
२०७८ असोज २० गते १७:३०
कात्तिक अन्तिम साता दोस्रो प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता हुने

२० असोज २०७८ काठमाडौं । आगामी कार्तिक २९ देखि मंसिर ३ गतेसम्म दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा देशभरका क्लव तथा जिल्लाका खेलाडी सहभागी हुन पाउने छन् । तर उनीहरु नेपाल बक्सिङ संघको आयोजनामा यसअघि भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी भएको हुनु पर्ने छ । प्रत्येक तौल समूहका विजेता खेलाडीले कम्तिमा १० हजार नगर पुरस्कार पाउने छन् ।

तियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल बक्सिङ संघका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी सदस्य राम अवालेको संयोजकत्वमा विभिन्न उपसमिति बनाइएको छ ।

यस प्रतियोगितालाई पछि हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको छनौटको आधारको रुपमा लिइने पनि नेपाल बक्सिङ संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्