खेलकूद

आईपीएलमा आज बैंगलोर र हैदराबादबीच प्रतिस्पर्धा हुने

हिमालय टिभी
२०७८ असोज २० गते ९:०३
आईपीएलमा आज बैंगलोर र हैदराबादबीच प्रतिस्पर्धा हुने

२० असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जस् बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबईको शेख जायद क्रिकेट मैदानमा खेल बेलुका पौने ८ बजेबाट शुरु हुनेछ ।

गएराति भएको खेलमा भने मुम्बई इन्डियन्सले जित निकालेको छ । सारजाहमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।

राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । यस जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ ।

मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्