खेलकूद

ईपीएलमा आजदेखि प्लेअफ खेल शुरु हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

हिमालय टिभी
२०७८ असोज २० गते ७:३९
ईपीएलमा आजदेखि प्लेअफ खेल शुरु हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

२० असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आजदेखि प्लेअफका खेल शुरु हुँदैछ ।

प्लेअफ अन्तर्गत आज क्वालिफायर र एलिमिनेटरका खेल हुनेछन् । पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।

सोमपाल कामी कप्तान रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो । उता दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्न लागेको पोखराका कप्तान विनोद भण्डारी हुन् ।

आजको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे नौ बजे शुरु हुनेछ ।

यस्तै आजै हुने एलिमिनेटरमा काठमाडौं किंग्स–एलाभेन र भैरहवा ग्लाडियटर्सले खेल्दैछन् । शरद भेष्वाकर कप्तान रहेको भैरहवा तेस्रो र सन्दीप लामिछाने कप्तान रहेको काठमाडौंले चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेका हुन् ।

एलिमिनेटरको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ । सोही मैदानमा हुने खेल दिउँसो साढे एक बजे शुरु हुनेछ । दुबै खेल हिमालय टेलिभिजन एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्