समाज

गुणस्तरहीन सडक मर्मतले सर्वसाधारणलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १९ गते १६:५६
गुणस्तरहीन सडक मर्मतले सर्वसाधारणलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश सडक मर्मत गरेको वर्ष दिनमै भत्किएका छन् । अहिले सडकमा जताततै खाल्डाखुल्डी,पानी जम्ने, सवारीजाम हुनेलगायतको समस्या छ ।

धनगढी उपमहानगरपालिका र सडक बोर्डको सहकार्यमा बजारको मुख्य सडक मर्मत गरिएको थियो । मल्ल निर्माण सेवासँग २०७६ साल फागुन २१ गतेदेखि २०७७ कार्तिक मसान्तसम्म सम्झौता भई मर्मत सकिँदानसकिँदै सडक जीर्ण बनेको छ ।

ठाउँ ठाउँमा ठुलठुला खाल्डाखुल्डी परेका छन् । धनगढीमा अहिले शहीद गेट क्याम्पस रोडमा सडक मर्मत भइरहेका कारण मुख्य सडकमा सवारी चाप समेत बढेको छ । बजारको मुख्य सडकको अवस्था यति बिग्रँदा पनि सम्बन्धित निकायको ध्यान नगएको भन्दै स्थानीय बासिन्दा आक्रोशित छन् ।

साँघुरा अनि भत्किएका कारण बजारमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ । मर्मत गर्दादेखि नै अनुगमनमा उचित ध्यान नदिँदा धनगढी बजारका सबै सडकको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ ।

धनगढी उपमहानगरपालिकाले निर्माण कम्पनीकै लापरवाहीका कारण सडक छिट्टै बिग्रिएको स्वीकार गरेको छ । निर्माण कम्पनीको धरौटी रकम उपमहानगरको खातामै रहेकाले मर्मत अवधि नसकिँदै बिग्रिएकाले पुनः मर्मत गर्ने गरी निर्माण कम्पनीलाई उपमहानगरपालिकाले पत्राचार गरिसकेको छ ।

धनगढीमा सडक मर्मतका नाममा बर्सेनि करोडौं रकम खर्च भइरहे पनि स्तरीय सडक नबन्दा समस्या ज्यूँका त्यूँ छ । कमसल सामग्रीको प्रयोग, वर्षाको समय गरिने पिच र निर्माण कम्पनीको लापरवाहीका कारण सडक मर्मत सम्भार केही दिनको रमिता जस्तै बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *