खेलकूद
ईपीएलमा आज काठमाडौं र भैरहवाबीच खेल हुने तालिका, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेन सकिने
२०७८ असोज १९ गते ७:४६

१९ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा काठमाडौं किंग्स-एलाभेन र भैरहवा ग्लाडियटर्सबीच खेल हुने तालिका छ ।
लीग चरणको अन्तिम खेलमा आज काठमाडौं र भैरहवा भिड्न लागेका हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंलाई प्ले अफ पुग्न जित्नैपर्ने हुन्छ । ४ खेलमा २ अंक जोडेको काठमाडौं पाँचौं स्थानमा छ ।
काठमाडौं आज पराजित भए लीग चरणबाटै बाहिरिने छ भने ललितपुर पेट्रियोट्सले प्ले अफमा स्थान बनाउने छ ।
शरद् भेष्वाकर कप्तान रहेको भैरहवा भने यसअघि नै प्ले अफ पुगिसकेको टोली हो । तेस्रो स्थानको भैरहवाले ४ खेलमा ६ अंक जोडेको छ ।
आज भैरहवाले काठमाडौंलाई हराएमा क्वालिफायरमा स्थान पक्का पार्नेछ । त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे नौ बजे शुरु हुने तालिका छ ।
प्रतिक्रिया