आर्थिक

देशको पैसा ट्याक्स हेभनमा जाँदा मुलुकमा आर्थिक संकटको यस्तो जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १८ गते २०:२८
देशको पैसा ट्याक्स हेभनमा जाँदा मुलुकमा आर्थिक संकटको यस्तो जोखिम (भिडियो रिपोर्टसहित)

१८ असोज २०७८ काठमाडौं । पछिल्ला केही वर्षयता करछली गर्न नेपालीहरुले विदेशी बैंकमा पैसा राख्ने गरेका तथ्यहरु सार्वजनिक भइरहेका छन् । पछिल्लो पटक अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले खोज पत्रकारिता केन्द्र नेपाललाई उपलब्ध गराएको कागजातमा नेपालबाट पनि ठूलो रकम यसरी विदेशिएको तथ्य खुलासा भएको छ ।

नेपालका प्रष्तिष्ठित र घरानिया व्यपारीले स्वदेशमा कमाएको पैसा ट्याक्स हेभन भनिने सम्पत्तिको कर तिर्न नपर्ने देशहरुमा लगेर लगानी गरेका तथ्यहरु सार्वजनिक भइरहेका छन् ।

यस्तो पैसा गैरआवसीय नेपालीका नाममा ट्याक्स हेभन मुलुकहरुमा पुगेको देखिन्छ । गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न नपाइने व्यवस्था भए पनि विगत केही वर्षयता नेपालीको रकम विदेशका लगानी भइरहेको देखिन्छ । सरकारले नीतिगत व्यवस्थालाई परिमार्जन नगर्ने हो भने नेपाली रकम विदेशिने क्रम अझै बढ्न सक्छ ।

ट्याक्स हेभन मुलुकमा नेपालीको लगानी बढ्दा मुलुकभित्र भने धनी र गरिबबीचको वर्गीय खाडल बढ्दै जाने देखिन्छ ।

ट्याक्स हेभन मुलुकमा लगानी गर्नेमा अहिले केही व्यपारीहरुको नाम आए पनि विस्तारै नामको संख्या बढ्दै जाने देखिन्छ । अर्कोतर्फ कतै शंकास्पद धनको ओसारपसार न भइरहेको छैन भन्ने प्रश्न चिन्हसमेत खडा भएको छ । विदेशमा लगानी गर्न नपाउने नीतिका कारण अवैधरुपमा ठूलो पैसा विदेशिने गरेको छ । यसलाई व्यवस्थित गर्नुपर्ने जानकारहरु बताउँछन् ।

ट्याक्स हेभन मुलुकमा लगानी गरेको खुलासा हुँदासमेत राज्यका निकाय गम्भीर देखिँदैनन् । यो बेवास्ताले दीर्घकालीन रुपमा देशमा ठूलो आर्थिक संकट निम्त्याउने देखिन्छ । वैदेशिक सहायता र रेमिट्यान्सले धानेको मुलुकबाट यसरी ठूलो लगानी अवैधरुपमा बाहिरिँदा मुलुक आर्थिक संकटतर्फ जाने सम्भावना थप बलियो बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *