खेलकूद

ईपीएलअन्तर्गत आजको पहिलो खेलमा चितवनविरुद्ध भैरहवा विजयी (दोस्रो खेलको लाइभसहित)

हिमालय टिभी
२०७८ असोज १८ गते १३:३०
ईपीएलअन्तर्गत आजको पहिलो खेलमा चितवनविरुद्ध भैरहवा विजयी (दोस्रो खेलको लाइभसहित)

१८ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल)मा चितवन टाइगर्सको अपराजित यात्रा लीग चरणको अन्तिम खेलमा पूर्णविराम लागेको छ ।

आफ्नो पाँचौं खेलमा चितवन भैरहवा ग्लाडिटर्ससँग ६ विकेटले पराजित भएको हो । चितवनले दिएको १ सय ६५ रनको मध्यम लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

भैरहवाका ओपनर जोडी तमिम इकवाल र प्रदिप सिंह ऐरीले पहिलो विकेटका लागि १ सय ६ रनको शतकीय साझेदारी गरेसँगै टोलीलाई जित नजिक पुर्‍याए । तमिम इकवाल ४० रन बनाएर आउट हुँदा प्रदिपले ७२ रनको अर्धशतकीय पाली खेले ।

त्यस्तै उपुल थरंगाले नटआउट ३९ रनको योगदान दिए । बलिङमा चितवनका करिम जन्नतले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ६४ रन बनायो ।

उसका ओपनर मोहमद शाहजादले ३२ रन बनाउँदा करिम जन्नतले ३५ रनको योगदान दिए । बलिङमा अभिनाश बोहोराले ३ तथा कुशल मल्लले २ विकेट लिए ।

दोस्रो जितसँगै भैरहवा ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको छ । जारी प्रतियोगितामा पहिलो हार व्यहोरेको चितवन भने ८ अंकसहित शीर्षस्थानमा कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्