खेलकूद
आईपीएलमा आज दिल्ली र चेन्नईबीच प्रतिस्पर्धा हुने
२०७८ असोज १८ गते ९:१४

१८ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बेलुका पौने ८ बजेबाट शुरु हुनेछ ।
गएराति भएको खेलमा भने कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ । हैदराबादले दिएको १ सय १६ रनको लक्ष्य कोलकत्ताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
यसअघि हिजो नै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर विजयी भएको छ । पन्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।
प्रतिक्रिया