साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै

१८ असोज २०७८ काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ ।
माल्दिभ्स राजधानीको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १० बजे खेल हुनेछ । खेल अगाडी भएको प्रिम्याच कन्फ्रेन्समा नेपालीटोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले तीन अंकको लागि खेल्ने बताए ।
पहिलो खेलमा पाएको जितले टोलीमा आत्मविश्वास बढाएको र अन्तिम मिनेटसम्म पनि डटेर खेल्ने कप्तान किरणको धारणा छ ।
यस्तै, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले श्रीलंकी टोलीको खेल अनुसारनै आफ्नो रणनीति रहने बताए ।
नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले हराएको थियो भने श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–०ले नै हारेको थियो । दक्षिण एसियाका दुई परिचित प्रतिद्धन्दी नेपाल र श्रीलंकाबीच अहिलेसम्म १७ खेल भएका छन् ।
जसमा नेपालले ३ खेल जित्दा ६ खेल भने हारेको थियो । अन्य ८ खेल बराबरी भएका छन् । यि दुईबीच अन्तिम पटक सन् २०१६ मा मैत्रीपूर्ण खेलमा भेट भएको थियो । जहाँ नेपालले १–० गोलले विजयी भएको थियो । प्रतियोगितामा भोलिनै बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया