खेलकूद

ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

हिमालय टिभी
२०७८ असोज १८ गते ७:३९
ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

१८ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्ल्याडियटर्सले प्रतिस्पर्धा गर्नेछन् । क्वालिफायरमा स्थान बनाइसकेको सोमपाल कामी कप्तान रहेको चितवन शीर्ष स्थानमा छ ।

प्रतियोगिताको एक मात्र अपराजित टोली चितवनले ४ खेलबाट ८ अंक जोडेको छ । आज चितवनको लक्ष्य लगातार पाँचौ जित निकाल्ने हुनेछ ।

उता भैरहवा पनि प्ले अफमा पुगिसकेको टोली हो । शरद् भेष्वाकर कप्तानीको भैरहवा ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे नौ बजे शुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा पोखरा राइनोज र काठमाडौं किंग्स एलाभेन भिड्ने छन् । चार खेलबाट ५ अंक जोडेको पोखरा तालिकाको दोस्रो स्थानमा छ । विनोद भण्डारी कप्तानीको पोखराले दुई खेलमा जित निकाल्दा एक मा हार र एक खेल बराबरी गरेको छ ।

उता संदीप लामिछाने कप्तान रहेको काठमाडौं तीन खेलबाट मात्र २ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । सोही मैदानमा हुने खेल दिउँसो साढे १ बजे शुरु हुनेछ । दुबै खेलको हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्