खेलकूद

ईपीएलअन्तर्गत आजको पहिलो खेलमा काठमाडौंविरुद्ध विराटनगरको सान्त्वना जित (दोस्रो खेलको लाइभसहित)

हिमालय टिभी
२०७८ असोज १७ गते १३:४५
ईपीएलअन्तर्गत आजको पहिलो खेलमा काठमाडौंविरुद्ध विराटनगरको सान्त्वना जित (दोस्रो खेलको लाइभसहित)

१७ असोज २०७८ काठमाडौं । अन्तिम खेलमा सान्त्वना जित निकाल्दै विराटनगर वारियर्स् चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल)बाट बाहिरिएको छ ।

प्रतियोगितामा आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौं किङ्स इलाभेनलाई ७ रनले हराएको हो । मैदान भिजेका कारण ढिला गरी शुरु भएको खेल ८ ओभरमा झारिएको थियो ।

जहाँ विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै ८ ओभर खेल्दै ३ विकेट गुमाएर ९७ रन मात्र बनाउने सक्यो ।

काठमाडौंका लागि ओपनर रहमानउल्लाह गुरबाजले २८ रन बनाए । तर छैटौं ओभरमा रायन पठानले लगातार दुई विकेट लिएपछि काठमाडौंको ३ विकेटको क्षतिमा ६४ रन मात्र थियो ।

मध्यक्रममा सुवाष खकुरेलले नटआउट २६ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । अर्का ओपनर राजु रिजाल २४ रनमा नटआउट रहे । बलिङमा रायन पठानले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनायो ।

विराटनगरका लागि अनिल साहले नटआउट ४५ रनको योगदान दिए । ओपनर रायन पठान ३० रन बनाउँदै आउट हुँदा कप्तान करन केसीले १५ रन जोडे ।

पहिलो जितसँगै विराटनगर ५ खेलमा २ अंक जोड्दै तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंको भने ३ खेलबाट समान २ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्