खेलकूद

आईपीएलमा आज पञ्जाब र बैङ्गलोर र कोलकाता र हैदरवाद भिड्दै

हिमालय टिभी
२०७८ असोज १७ गते ९:१८
आईपीएलमा आज पञ्जाब र बैङ्गलोर र कोलकाता र हैदरवाद भिड्दै

१७ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुने भएका छन् ।

आज हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । दुबईको सारजहा क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल दिउँसो ३ : ४५ मा शुरु हुनेछ ।

यस्तै आजै हुने अर्को खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । दुबई क्रिकेट मैदानमा हुने कोलकाता र हैदरावादबीचको खेल साँझ ७ : ४५ मा शुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले जित हात पारेका छन् । सारजहा क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले साविक विजेता मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

मुम्बईले दिएको १ सय ३० रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा ग-यो ।

हिजै भएको अर्को खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग-यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्