खेलकूद
ला लिगामा एटलेटिकोसँग बार्सिलोना पराजित
२०७८ असोज १७ गते ८:०८
१७ असोज २०७८ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई एट्लेटिको मड्रिडले पराजित गरेको छ ।
गए राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे ।
घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा सुआरेजले पूर्व क्लबविरुद्ध गोल गर्दै एट्लेटिकोलाई २० को जित दिलाए ।
जितसँगै एट्लेटिकोले ८ खेलमा १७ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना १२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया