खेलकूद

ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

हिमालय टिभी
२०७८ असोज १७ गते ७:४६
ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

१७ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स ११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र विराटनगरबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा छ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ। प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन ।

यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ।

ललितपुर र चितवनबीचको खेल दिउँसो साढे एक बजे शुरु हुनेछ। कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ।

ललितपुर चौंथो स्थानमा छ। चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्