समाज

चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १६ गते २०:४८
चाडबाड नजिकिएसँगै बजार अनुगमन तीव्र (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ झापा । चाडबाड नजिकिएसँगै झापाका स्थानीय तहहरुले बजार अनुगमन तीव्र पारेका छन् । विशेषगरी किराना, खाद्यान्न तथा होटलहरुको संयुक्त रुपमा अनुगमन गरिएको हो ।

कोरोनाका कारण लकडाउन अवधिमा बन्द रहेका पसलहरुमा म्याद नाघेका खाद्यवस्तु, मूल्यसूची देखिने गरी नराखिएको, बिलबिजक जारी नगरेको पाइएको छ।

झापाका १५ वटै पालिकाका बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुगमन गरेका हुन् । स्वास्थ्य, गुणस्तर तथा नापतौल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रहेको समितिले खाद्य वस्तुको म्याद, गुणस्तर, मूल्य र नापतौल अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा बिस्कुट, चाउचाउ, पिठो, पापड, दाललगायतका धेरैजसो सामग्रीको म्याद गुज्रिएको पाइएको छ ।

स्थानीय तहमा उपप्रुमखको जिम्वेवारी रहेको अनुगमन तथा निर्देशनको काम प्रभावकारी ढंगबाट नहुँदा उपभोक्ताहरु म्याद गुज्रिएका र अचाक्ली महंगो बनाइएका खाद्य सामग्री उपभोग गर्न बाध्य भएको पाइएको छ । तर स्थानीय तहहरु भने कोरोनाका कारण बजार अनुगमन गर्न नसकेको तर्क गरेर पन्छिने प्रयासमा छन् ।

अनुगमनको क्रममा होटल तथा भान्सामा पूर्वाधार नभएको र किराना पसलहरुको भण्डारणमा उचित व्यवस्थापन नभएको समेत पाइएको छ ।

चाडवर्प लक्षित अनुगमन गरेर उपभोक्ताको आँखामा छारो हाल्नुभन्दा पनि स्थानीय तहहरुले अनुगमनलाई प्रभावकारी बनाउन र उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुन नदिन अग्रसर हुनुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *