खेलकूद

पुरुषतर्फ आर्मी र महिलातर्फ न्यु डायमण्डलाई एनर्भी क्लब भलिबलको उपाधि

हिमालय टिभी
२०७८ असोज १६ गते १९:०७
पुरुषतर्फ आर्मी र महिलातर्फ न्यु डायमण्डलाई एनर्भी क्लब भलिबलको उपाधि

१६ असोज २०७८ काठमाडौं । छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेका छन्।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा साविक विजेता हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि आर्मी र साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिलातर्फको उपाधि न्यू डायमण्डले जितेको हो ।

पुरुषतर्फ रोमान्चक बनेको खेलमा आर्मीले पहिलो सेट २६–२४ ले जितेको थियो । दोस्रो सेट हेल्प नेपालले २५–१७ ले जित्यो । तेस्रो सेटमा आर्मीले २५–१८ अंक जोड्यो । चौंथो सेटमा ३३–३१ को संघर्षपूर्ण जित निकाल्दै आर्मीले उपाधि कब्जा गरेको हो ।

त्यस्तै महिलातर्फ पहिलो सेट गुमाएको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गरेर उपाधि हात पार्‍यो । न्यु डायमण्डले एपीएफमाथि २४–२६, २५–२१, २५–१७ र २५–१५ को जित निकाल्यो ।

आजै तेस्रो स्थानका लागि भएको खेलमा महिलातर्फ त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५–१७, २५–२० र २५–१७ को जित निकाल्यो ।

पुरुषतर्फ एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको छ । विभागीय डर्बीमा पुलिसले एपीएफलाई २५–१७,२५–१८ र २५–१४ ले हराएको हो ।

प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गरेका छन् । उपविजेताले २ तथा तेस्रो हुनेले एक लाख रुपैंया पुरस्कार पाएका छन् । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोली सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्