खेलकूद

आईपीएल क्रिकेट लीगमा आज मुम्बई र दिल्लीबीच खेल हुने

हिमालय टिभी
२०७८ असोज १६ गते ९:४५
आईपीएल क्रिकेट लीगमा आज मुम्बई र दिल्लीबीच खेल हुने

१६ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज हुने एक मात्रै खेल दुबईको सारजाह क्रिकेट स्टेडियममा दिउँसो ३ : ४५ मा शुरु हुनेछ ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली आजको खेलमा जित हात पार्दै शीर्ष स्थानमा उक्लन चाहन्छ भने छैटौं स्थानमा रहेको मुम्बई जित हात पार्दै आफ्नो अङ्क तालिका सुधार गर्न चाहन्छ ।

यसअघि, हिजो भएको खेलमा पन्जाब किङ्सले कोलकाता नाइट राइडर्समाथि जित हात पारेको छ । दुबईमा गएराति भएको खेलमा पन्जाबले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो ।

कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्