खेलकूद

ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

हिमालय टिभी
२०७८ असोज १६ गते ७:५२
ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

१६ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स–११ बीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र काठमाडौंबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ । भैरहवा अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं पनि दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र पोखराबीचको खेल दिउँसो साढे एक बजे शुरु हुनेछ ।

विराटनगर पहिलो जित निकाल्न चाहन्छ । करण केसीको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ ।

पोखरा ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । लीग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्