खेलकूद

ईपीएलअन्तर्गत आजको पहिलो खेलमा ललितपुर प्याट्रियट्स विजयी (दोस्रो खेलको लाइभसहित)

हिमालय टिभी
२०७८ असोज १५ गते १३:४७
ईपीएलअन्तर्गत आजको पहिलो खेलमा ललितपुर प्याट्रियट्स विजयी (दोस्रो खेलको लाइभसहित)

१५ असोज २०७८ काठमाडौं । साविक विजेता ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लीग (ईपीएल)मा पहिलो जित हात पारेको छ । आजको पहिलो खेलमा विराटनगर वारियर्सलाई ३७ रनले हराउँदै ललितपुरले २ अंक जोडेको हो ।

ललितपुरले दिएको २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनायो । विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय पाली खेलेपनि तल्लो क्रमका ब्याटर टिक्न सकेनन् ।

ओपनर आसिफ शेखले ३७ रन जोड्दा अर्का ओपनर ब्याटर चन्द्रपउल हेमराजले २८ रन जोडे । त्यस्तै, सिकन्दर राजा २४ रन बनाए ।

बलिङमा ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिँदा ललित राजवंशीले २ र योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस गुमाएर पहिले ब्याटिङका लागि निम्त्याईएको ललितपुरले पुरै २० ओभरमा ५ विकेट गुमाएर २ सय २६ रन बनायो ।

ललितपुरका ओपनर सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय पाली खेल्दा ललितपुरले ईपीएल इतिहासकै सर्वाधिक विशाल योगफल बनायो । विराकोड्डीले १० चौका र ३ छक्का सहित सर्वाधिक ७३ रन बनाए ।

त्यस्तै, ओमारजाईले नटआउट ५८ रन जोडे । ललितपुरका कप्तान तथा ओपनर कुशल भुर्तेलले ३२ र योगेन्द्र सिंह कार्कीले २७ रन बनाए । बलिङमा विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । त्यस्तै, सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान १९१ विकेट लिए ।

जितसँगै ललितपुरले ४ खेलबाट ३ अंक जोडेको छ । लगातार तेस्रो हार व्यहोरेको विराटनगर तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्