खेलकूद
आईपीएलमा आज कोलकाता र पञ्जाबबीच प्रतिस्पर्धा हुने
२०७८ असोज १५ गते ९:२९

१५ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत आज कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजेबाट शुरु हुनेछ ।
गएराति भएको खेलमा भने चेन्नई सुपर किङ्स विजयी भएको छ । चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो ।
यस जितसँगै चेन्नई प्ले अफमा प्रवेश गरेको छ । हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
प्रतिक्रिया