खेलकूद

दक्षिण एसियाली फूटबल साफ च्याम्पियनसिप माल्दिभ्समा शुरु हुँदै

हिमालय टिभी
२०७८ असोज १५ गते ९:०४
दक्षिण एसियाली फूटबल साफ च्याम्पियनसिप माल्दिभ्समा शुरु हुँदै

१५ असोज २०७८ काठमाडौं । दक्षिण एसियाली देशको सर्वाधिक ठूलो फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि माल्दिभ्समा शुरु हुँदैछ।

मालेस्थित राष्ट्रिय फूटबल रंगशालामा हुने प्रतियोगितामा ५ राष्ट्र सहभागी छन् । प्रतियोगितामा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिताता छ । उद्घाटन खेलमा श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै दोस्रो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्स र नेपालले खेल्नेछन् । साफको उपाधि जित्न नसकेको नेपाली टोली पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक(पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ च्याम्पियनसिपमा अहिलेसम्म फाइनलमा पुग्न नसकेको नेपाल सेमिफाइनलसम्म मात्र पुग्न सकेको छ ।

नेपाल अहिलेसम्म तीन पटक सेमिफाइनलमा पुगेको छ । अन्तिम पटक भने अघिल्लो संस्करणको सेमिफाइनलमा पराजित भएको थियो । साफमा नेपालले माल्दिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन । नेपाल सात पटक भएको खेलमा पाँच पटक पराजित हुँदा २ खेल बराबरी खेलेको छ ।

त्यस्तै नेपाल र माल्दिभ्स अहिलेसम्म १६ पटक आमने सामने भएका छन । जसमा नेपालले चार खेल जित्दा चारमा बराबरी र आठ खेल हारेको छ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने दश बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्