खेलकूद

ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेन सकिने

हिमालय टिभी
२०७८ असोज १५ गते ८:५७
ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेन सकिने

१५ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।

पहिलो खेलमा विराटनगर वारियर्स र साविक विजेता ललितपुर पेट्रियोट्सबीच प्रतिस्पर्धा हुनेछ । करण केसीको कप्तानीको विराटनगर पहिलो जितको खोजीमा हुनेछ ।

अंकविहीन रहँदै तालिकाको पुछारको विराटनगर अघिल्ला दुई खेलमा पराजित भएको छ ।

त्यस्तै कुशल भुर्तेल कप्तान रहेको ललितपुर पनि पहिलो जित निकाल्न चाहन्छ । ललितपुरले ३ खेलमा मात्र १ अंक जोडेको छ । ललितपुर पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे नौ बजे शुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोजले भिड्ने छन् । सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ ।

चितवनले अघिल्ला दुबै खेल जितेको छ । २ खेलबाट ४ अंकसहित चितवन दोस्रो स्थानमा छ । उता विनोद भण्डारी कप्तान रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ ।

तेस्रो स्थानको पोखराले २ खेलमा ३ अंक जोडेको छ । सोही मैदानमा हुने खेल दिउँसो साढे एक बजे शुरु हुनेछ । दुबै खेलको हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्