आर्थिक

दशैंमा कोकाकोलाको धन्यवाद लेवलसहितको उत्पादन बजारमा

हिमालय टिभी
२०७८ असोज १३ गते १९:२७
दशैंमा कोकाकोलाको धन्यवाद लेवलसहितको उत्पादन बजारमा

१३ असोज २०७८ काठमाडौं । कोकाकोलाले दशैंको अवसरमा धन्यवाद लेवल गरेर आफ्ना उत्पादन बजारमा ल्याउने भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कोकाकोलाले ८ वटा नयाँ लेबलका बोतल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको बोतलमा आमा, बुबा, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुलाई धन्यवाद लेखिएको छ ।

यो लेबल कोभिड महामारीको समयमा एकअर्कोलाई सहयोग गर्ने मनलाई समर्पित गर्दै प्रयोगमा ल्याइएको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताउनुभयो ।

कार्यक्रममा बोटलर्स नेपाल लिभिटेडका प्रवन्ध निर्देशक प्रदीप पाण्डेले अग्रपङ्तिका नायकहरु, परिवार र साथीहरुलाई धन्यवाद प्रकट गर्न यो अभियानले प्रोत्साहन गरेको बताउनुभयो ।

साथै कोकाकोलाले अभिनेत्री स्वतिमा खड्कालाई ब्रान्ड एम्बेसडर बनाएको छ । लेबल सार्वजनिक कार्यक्रमको अवसरमा कोकाकोलाले कोरोनाविरुद्ध अग्रपङ्तिमा खटेका विभिन्न क्षेत्रका ८ जनालाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *