खेलकूद

क्रिकेट संघका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले किन दिए राजीनामा ?

हिमालय टिभी
२०७८ असोज १३ गते १९:२२
क्रिकेट संघका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले किन दिए राजीनामा ?

१३ असोज २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

क्यानमा दुई वर्ष बिताउँदै प्याकुरेल र श्रेष्ठले आज एक कार्यक्रमकाबीच सचिव र उपाध्यक्ष पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

आईसीसीबाट क्यान सशर्त निलम्बन फुकुवा भएको दिननै राजीनामा दिने योजना रहेको भए पनि क्यानमा आफ्नो महशुस गरेर त्यसबेला राजीनामा नदिएको उनले बताए ।

दुई वर्षअघि चतुरबहादुर चन्द नेतृत्वमा प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । क्यानमा रहँदा प्याकुरेलको अध्यक्ष चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको तिक्ततापूर्ण सम्बन्ध बेलाबखत बाहिर आइरहेका थिए ।

पदाधिकारीहरुसँगको सम्बन्ध बिग्रिएपछि क्यानभित्र रहेर काम गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्