खेलकूद
आईपीएलमा आज राजस्थान र बैंगलोरबीच प्रतिस्पर्धा हुने
२०७८ असोज १३ गते ९:३४

१३ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
गएराति भएको खेलमा भने मुम्बई इन्डियसले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ । पन्जाबले दिएको १ सय ३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।
यस जितसँगै मुम्बईले ११ खेलमा १० अंक जोडेको छ । मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । पन्जाब ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
हिजो नै भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ ।
प्रतिक्रिया