खेलकूद

च्याम्पियन्स लीगमा पेरिस सेन्ट जर्मेन र लिभरपुल विजयी

हिमालय टिभी
२०७८ असोज १३ गते ९:२२
च्याम्पियन्स लीगमा पेरिस सेन्ट जर्मेन र लिभरपुल विजयी

१३ असोज २०७८ काठमाडौं । च्याम्पियन्स लीग फुटबलमा पेरिस सेन्ट जर्मेन र लिभरपुल विजयी भएका छन् ।

समूह ए मा पिएसजीले म्यानचेष्टर सिटीलाई २–० ले हरायो । घरेलु मैदानमा पिएसजीको जितमा इद्रिसा गुआइ र लियोनल मेस्सीले गोल गरे । गुआइले आठौं र मेस्सीले ७४औं मिनेटमा गोल गरेका थिए ।

मेस्सीले पिएसजीका लागि पहिलो गोल गरेका छन् । पहिलो खेलमा पिएसजी बराबरी खेलेको थियो । जितसँगै शीर्ष स्थानमा उक्लिएको पिएसजीले दुई खेलबाट चार अंक जोडेको छ ।

उता सिटी समान खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै समूह बी को खेलमा लिभरपुलले पोर्टोलाई ५–१ ले हरायो । लिभरपुको जितमा मोहमेद सलाह र रोबर्टो फिरमिन्होले दुई(दुई अनि साडियो माने एक गोल गरे ।

पोर्टोकातर्फबाट मेहदी तारेमीले सान्त्वना गोल फर्काए । लगातार दुई जितसहित लिभरपुल शीर्ष स्थानमा छ । यही समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले एसी मिलानलाई २१ ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्