खेलकूद

ईपीएलमा आज दुई खेल हुने तालिका, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

हिमालय टिभी
२०७८ असोज १३ गते ८:३६
ईपीएलमा आज दुई खेल हुने तालिका, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

१३ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग ईपीएल क्रिकेटमा आज दुई खेल हुने तालिका छ ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियोट्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

ललितपुर पहिलो खेलमा काठमाडौं किंग्स एलाभेनसँग ७ विकेटले पराजित भएको थियो ।

उता विनोद भण्डारी कप्तान रहेको पोखरा पनि आज पहिलो जितको खोजीमा छ । वर्षाले प्रभावित पहिलो खेलमा पोखराले भैरहवा ग्याडियटर्ससँग अंक बाँडेको थियो । खेल बिहान साढे ९ बजे शुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्याडियटर्स र विराटनगर वारियर्सले खेल्दैछन् । शरद भेष्वाकर कप्तान रहेको भैरहवा पहिलो जित निकाल्न चाहन्छ ।

वर्षाका कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

त्यस्तै करन केसी कप्तानीको विराटनगर पनि पहिलो जितको खोजिमा छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो । खेल दिउँसो साढे एक बजे शुरु हुनेछ ।

गएको शनिवारदेखि शुरु ईपीएलमा तेस्रो दिन यताका सबै खेल वर्षाका कारण स्थगित हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्