खेलकूद

आईपीएल क्रिकेट लीगमा आज दुई खेल हुने

हिमालय टिभी
२०७८ असोज १२ गते ९:१०
आईपीएल क्रिकेट लीगमा आज दुई खेल हुने

१२ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई वटा खेल हुने भएका छन् ।

पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र कोलकाताबीचको खेल दुबईको सारजहा क्रिकेट स्टेडियममा दिउँसो ३ : ४५ मा शुरु हुनेछ ।

आजै हुने अर्को खेलमा मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ । पञ्जाब र मुम्बईबीचको खेल शेख जायद स्टेडियममा साँझ ७ : ४५ मा शुरु हुनेछ ।

यसअघि, हिजो भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि जित हात पारेको छ । हैदराबादले राजस्थानलाई ७ विकेटले पराजित गरेको हो।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो ।यस जितसँगै हैदराबादले लिगमा दोस्रो जित निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्