खेलकूद

आईपीएलमा हैदराबादसँग राजस्थान पराजित

हिमालय टिभी
२०७८ असोज १२ गते ७:५५
आईपीएलमा हैदराबादसँग राजस्थान पराजित

१२ असोज २०६७ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ।

दुबईमा गए राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । अविशेक शर्मा २१ रनमा अविजित रहदा रिद्दिमान साह १८ रनमा आउट भए ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।

याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए । जितसँगै हैदराबादले लिगमा दोस्रो जित निकालेको छ । हैदराबादले १० खेलमा ४ अंक जोडेको छ । पराजित भएको राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्