खेलकूद

ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

हिमालय टिभी
२०७८ असोज ११ गते ८:२५
ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

११ असोज २०७८ काठमाडौं । काठमाडौंमा जारी चौथो एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजको पहिलो खेलमा काठमाडौं किंग्स एलाभेन र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंका कप्तान संदीप लामिछाने हुन् भने विराटनगरको कप्तानी करन केसीले सम्हालेका छन् । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्लाई ७ विकेटले हराएको थियो ।

उता विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो । खेल बिहान साढे ९ बजे शुरु हुनेछ ।

यस्तै आजको दोस्रो खेल भैरहवा ग्लाडियटर्स र पोखरा टाइगर्सबीच हुनेछ । भैरहवा शरद् भेष्वाकरको कप्तानीमा रहेको टोली हो भने चितवनका कप्तान सोमपाल कामी हुन् ।

सोही मैदानमा हुने खेल दिउँसो साढे १ बजेदेखि शुरु हुनेछ । दुबै खेलको हिमालय टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्