खेलकूद

ईपीएलमा विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित (दोस्रो खेलको लाइभसहित)

हिमालय टिभी
२०७८ असोज १० गते १३:४८
ईपीएलमा विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित (दोस्रो खेलको लाइभसहित)

१० असोज २०७८ काठमाडौं । अन्तिम बलमा राजेश पुलामीले चौका प्रहार गर्दा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लीग (ईपीएल)मा विजयी शुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध चितवनले २ विकेटको रोमाञ्चक जित हात पारेको हो । विराटनगरले दिएको १ सय ५२ रनको विजयी लक्ष्य चितवनले पुरै २० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

जितका लागि अन्तिम ओभरमा २ रन चाहिएको चितवनविरुद्ध विराटनगरका युवा स्पिनर अनिल खरेलले कसिलो बलिङ गरे । अन्तिम ओभरको पहिलो बलमा कमल सिंह ऐरीलाई बोल्ड गरेका अनिलले तेस्रो बलमा एक रन खर्चिँदा खेल बराबरी भएको थियो ।

त्यसपछिका दुई बलमा रन बनाउन नसक्दा दबाबमा परेको चितवनका लागि अन्तिम बलमा राजेशले चौका प्रहार गर्दै चितवनलाई जित दिलाए । ३९ बलमा २ चौका र २ छक्का सहित राजेश सर्वाधिक ४३ रनमा नटआउट रहे ।

बलिङतर्फ विराटनगरका सिकन्दर राजा र करण केसीले २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । विराटनगरका सिकन्दर राजाले ४७ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । ।

उनले ३७ बलमा अर्धशतक पूरा गरेका थिए । त्यस्तै, सौरभ खनाल १९ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जन्नत र सागर ढकालले २९२ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्