समाज

जथाभावी पार्किङले बजार क्षेत्र कुरुप, नागरिक र व्यवसायीलाई सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ९ गते २०:४९
जथाभावी पार्किङले बजार क्षेत्र कुरुप, नागरिक र व्यवसायीलाई सास्ती (भिडियो रिपोर्टसहित)

९ असोज २०७८ सुनसरी । जथाभावी पार्किङ गर्नाले सुनसरीको इटहरी उपमहानगरपालिकाको बजार क्षेत्र कुरुप बनेको छ । दुर्घटनाको जोखिम पनि बढाएको छ । यसरी गरिने पार्किङले ट्राफिक व्यवस्थापनमा मात्रै होइन आमनागरिक र व्यवसायीलाई समेत सास्ति हुने गरेको छ ।

प्रदेश १ का १४ वटै जिल्लासँग सडक सञ्जालमार्फत् सम्बन्ध जोडिएको सुनसरीको इटहरीका विभिन्न ठाउँमा भएका अव्यवस्थित पार्किङ्ले समस्या भएको छ ।

इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर अगाडि, उपमहानगरको कार्यालय आसपास, संगित चोक, हङकङ मार्केट, आइतबारे लाइन र हलगडामा रहेको यातायात कार्यालयको आसपासमा बढी मात्रामा सवारी अव्यवस्थित तवरले पार्किङ गरेको पाइन्छ । आवातजावात गर्ने सवारी साधन, दैनिक आवातजावात गर्ने यात्रुलाई सास्ती हुने गरेको छ ।

यसरी हुने अव्यवस्थित पार्कीङले ट्राफिक व्यवस्थापनमा चुनौति मात्रै थपेको छैन, दुर्घटना पनि वृद्धि गरेको छ । इटहरीमा हुने सडक दुर्घटना बढी मात्रामा तिव्र गति र अव्यवस्थीत पार्किङकै कारण हुने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीलाई मात्रै होइन यसरी हुने अव्यवस्थित पार्किङले आम जनतालाई पनि मार परेको छ । व्यवसायीलाई समस्या भएको छ ।

अव्यवस्थित पार्किङले सवारी साधन चोरी हुने क्रम पनि बढेको छ । यसर्थ दुर्घटना कम गराउन, चोरी नियन्त्रण र शहरको सौन्दर्य कायम राख्नका लागि पार्किङलाई व्यवस्थित बनाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *