समाज

२ करोड खर्चिएर बनाइएको नाचघर ६ महिना नपुग्दै भत्किन थालेपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ९ गते २०:४४
२ करोड खर्चिएर बनाइएको नाचघर ६ महिना नपुग्दै भत्किन थालेपछि…(भिडियो रिपोर्टसहित)

९ असोज २०७८ दाङ । लुम्बिनी प्रदेश सरकारले दाङको घोरदौरामा झण्डै २ करोड रुपैयाँ खर्चिएर खुला नाच घर बनाएको ६ महिना नपुग्दै भत्किन थालेको छ । नाच घर केका लागि र किन बनाइयो भन्ने पत्तो स्थानीय बासिन्दाले पाएका छैनन् । नाच घर कस्ले र कसरी सञ्चालन गर्ने भन्ने कुनै योजना पनि छैन ।

स्थानीय संस्कृतिलाई नाचघरमा देखाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ घोरदौरमा खुला नाच घर निर्माण भएको छ । २ तलाको घरको माथिल्लो तलामा कलाकारहरुले कला प्रस्तुत गर्ने मञ्च बनाइएको छ ।

बाहिर खुलाचौरमा एक सय जना दर्शक बस्न मिल्ने प्यारापिट छ । कलाकारले पोशाकलगायतका आवश्यक सामग्री राख्ने र पोशाक परिवर्तन गर्नका लागि छुट्टै कोठा छुट्याइएको छ । तर यो नाच घर केका लागि हो स्थानीयबासिन्दाले अहिलेसम्म पत्तो पाएका छैनन् ।

घोराही बजारबाट १० किलोमिटर पूर्वमा रहेको नाचघर निर्माणमा २०७६र७७ मा ९७ लाख र गत आर्थिक वर्षमा ४१ लाख तथा वन डिभिजनको ३० लाख गरी १ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षमा ५० लाख बजेट प्रदेश सरकारले छुट्याएको छ । संरचना रङरोगन गरी अन्तिम रुप दिन बाँकी नै रहँदा नाचघर वरपर पर्खाल भत्किएको छ । पूर्ण रुपमा संरचनाको निर्माण सक्न अझै डेढ करोड रुपैयाँ लाग्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

नाच घरको सञ्चालन मोडालिटी हालसम्म टुंगो लागेको छैन । विना कुनै योजना कम प्राथमिकताको क्षेत्रमा ठुलो बजेट खर्च गरेको भन्दै प्रदेश सरकारको आलोचना हुने गरेको छ ।

नाच घरको निर्माण पुरा भएपछि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरि सञ्चालनमा ल्याइने वन डिभिजन कार्यालयले जनाएको छ ।
भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *