खेलकूद

ईपीएलमा काठमाडौं किङ्गसको विजयी शुरुवात, ललितपुर सात विकेटले पराजित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ९ गते १६:३९
ईपीएलमा काठमाडौं किङ्गसको विजयी शुरुवात, ललितपुर सात विकेटले पराजित (भिडियो रिपोर्टसहित)

९ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटमा काठमाडौं किङ्गस इलाभेनले विजयी शुरुवात गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुर प्याट्रियोट्सलाई ७ विकेटले फराकिलो अन्तरले हरायो । जितका लागि पाएको १ सय ५९ रनको लक्ष्य काठमाडौंले खेल सकिन ३४ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो ।

टस हारेर पहिला ब्याटिङ्गको निम्तो पाएको ललितपुरको शुरूवात राम्रो भएन । तर पनि मध्यक्रममा ब्याट्सम्यानले इनिङ्गस सम्हालेपछि उसले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

७ रन बनाउँदा ३ विकेट गुमाएर शुरूमै दबाबमा परेको ललितपुरका लागि चौथो नम्बरमा ब्याटिङ्गमा आएका पवन सराफले ६१ रन बनाए । ४४ बल खेलेका पवनले ५ चौका र ४ छक्का हिर्काए ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन बनाए । २० बल खेलेका उनले ३ छक्का हानेका थिए । बलिङ्ग तर्फ काठमाडौंका जितेन्द्र मुखिया हिरो साबित भए । उनले ४ विकेट लिए ।

गुल्सन झा र रेयन बर्लले समान २ विकेट लिए । कप्तान सन्दीप लामिछाने महँगा सावित भए । उनले ४ ओभरमा ४४ रन दिए । यस्तै साहिद अफ्रिदीले ४ ओभर बलिङ्ग गर्दै ३२ रन दिए तर कुनै विकेट हात पार्न सकेनन् ।

१ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं पनि शुरुवात राम्रो भएन । तर पनि १२ रनमा दुई विकेट गुमाएर दबाबमा परेको काठमाडौंलाई जिताउन रेयन बर्ल र रुमुल्लाह गुबराजले तेश्रो विकेटका लागि ७६ रनको साझेदारी गरे ।

बर्लले नट आउट ७३ रन बनाए । ओपनर रुमुल्लाह गुबराज ५९ रनमा आउट भए । अर्का ओपनर सुबास खकुरेलले खाता नै खोल्न सकेनन् । अमित श्रेष्ठ ४ रनमा आउट भए । खेलको म्यान अफ द म्याच रेयन बर्ल भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्