खेलकूद

ललितपुर प्याट्रीयट्सद्वारा काठमाडौं किङ्स–११ सामू १५८ को चुनौती प्रस्तुत (Live)

हिमालय टिभी
२०७८ असोज ९ गते १४:१७
ललितपुर प्याट्रीयट्सद्वारा काठमाडौं किङ्स–११ सामू १५८ को चुनौती प्रस्तुत (Live)

९ असोज २०७८ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स–११ सामू १ सय ५८ रनको चुनौती प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए भने भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।

ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी शून्य रनमा अविजित रहे । काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २र२ विकेट लिए । काठमाडौंका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् ।

अहिले ललितपुर प्याट्रीयट्सले बलिङ गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्