खेलकूद

ईपीएल टी–ट्वान्टी क्रिकेट आज शुरु हुँदै, हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

हिमालय टिभी
२०७८ असोज ९ गते ७:५२
ईपीएल टी–ट्वान्टी क्रिकेट आज शुरु हुँदै, हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

९ असोज २०७८ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुँदै छ । ललितपुर र काठमाडौंबीचको खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी गर्ने मौका कुशलले पाएका हुन् ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भूटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।

काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ । ललितपुर र काठमाडौंबीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ ।

ललितपुरले यस अघिको तीन भेटमा जित निकालेको थियो । चौंथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

लीगका सबै खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्