खेलकूद

अफ्रिदीको आगमनले टिम थप बलियो बनेको काठमाडौं किङ्स इलाभेनको प्रतिक्रिया

हिमालय टिभी
२०७८ असोज ८ गते १९:१७
अफ्रिदीको आगमनले टिम थप बलियो बनेको काठमाडौं किङ्स इलाभेनको प्रतिक्रिया

८ असोज २०७८ काठमाडौं । काठमाडौं किङ्स इलाभेनका कप्तान सन्दीप लामिछानेले पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीको आगमनले टिम थप बलियो बनेको बताएका छन् ।

काठमाडौं किङ्स इलाभेनले आज टोली सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान सन्दीपले टोलीमा अफ्रिदीको प्रवेशले राम्रो प्रभाव पार्ने बताएका हुन् ।

विश्व चर्चित अलराउण्डर अफ्रिदीसँग खेल्न पाउँदा युवा खेलाडीहरु निकै उत्साहित रहेको र क्रिकेटका प्राविधिक पक्षका विषयमा पनि ज्ञान लिन पाउने सन्दीपले बताए । कार्यक्रममा टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।

जस अनुसार अफ्रिदीले १० नम्बरको जर्सी लगाउनेछन् । तर यस पटक दुई खेलमात्र खेल्ने भए पनि नेपाली क्रिकेटको सहयोगको लागि आफू सधै तयार रहेको अफ्रिदीले बताएका छन् ।

अफ्रिदी सहित यस पटक काठमाडौंको टोलीमा जनक प्रकाश, रायन बर्ल र रहमनुल्लाह गुर्बज विदेशी खेलाडीका रुपमा रहनेछन् ।

टोलीमा युवा खेलाडी गुल्शन झादेखि जितेन्द्र मुखियासम्मको उपस्थिति छ । काठमाडौंले प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्ससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्