समाज

पहिरोले सडक भत्किएपछि स्थानीयलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते १६:५२
पहिरोले सडक भत्किएपछि स्थानीयलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ बागलुङ । कुश्मीशेरा सडक अन्तरगत बागलुङ नगरपालिका–१० एक्लेसालको पहिरोले बलेवा तथा बागलुङको दक्षिणी भेगका नागरिकलाई सास्ती दिइरहेको छ ।

तीन महिना अगाडी गएको पहिरोले भत्किएको सडक अझैसम्म पनि मर्मत भएको छैन । वैकल्पिक मार्गसमेत नहुँदा यस क्षेत्रका बासिन्दालाई अत्यावश्यक सेवा, औषधि, खाद्यान्न, ओसारपसार गर्न समेत धौधौ भैरहेको छ ।

एक्लेसालको पहिरोले बगेको सडक बनेको छैन । यसको वैकल्पिक मार्गसमेत छैन । जसका कारण दक्षिणी बागलुङका बासिन्दाले असारको पहिलो हप्तादेखि समस्या झेल्दै आएका छन् ।

गत असार १ गतेबाट निरन्तर पानी परेपछि पहिरोको कारण सडकमा क्षति भएको थियो । अहिले ठूलो पहिरोको कारण गल्छी नै बनेको छ ।

पहिरोका कारण नागरिकलाई समस्या परिरहेको छ । तत्काल सडक निर्माण गर्न सम्भव नभएकाले वैकल्पिक मार्गको समेत खोजी भैरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

निरन्तरको वर्षाका कारण गएको पहिरोको कारण तीन वटा सडक क्षति भएको थियो । गत असारको सुरुबाटै निरन्तर पानी परिरहेको र पहिरोले गर्दा सडकलाई मर्मत गर्न समस्या भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

यो सडक निर्माण भएको करिब दुई दशक बितिसकेको छ । लामो समयदेखि संचालनमा आएको सडकमा अहिले ठुलो पहिरो के कारणले गर्दा गएको हो अध्ययन हुनु पर्ने स्थानियबासिन्दाले बताएका छन् । पहिरोका कारण कालिगण्डकी करिडोरको बागलुङ बलेवा खण्ड र त्यसको बैकल्पिक मार्गमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *