आर्थिक

नेपाललाई करिब ५ अर्ब बराबर सहयोग गर्ने विकास साझेदारहरुको प्रतिबद्धता

हिमालय टिभी
२०७८ असोज ८ गते १४:२७
नेपाललाई करिब ५ अर्ब बराबर सहयोग गर्ने विकास साझेदारहरुको प्रतिबद्धता

८ असोज २०७८ काठमाडौं । हरित, उत्थानशील र समावेशी विकास, ग्रिड एजेण्डामा नेपाललाई सघाउन भन्दै विकास साझेदारहरुले करिब ५ अर्ब रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता जनाएका छन् ।

संयुक्त राष्ट्रसंघ, एसियाली विकास बैंक, युरोपेली संघ, अष्ट्रेलिया, जापान, कोरिया, बेलायत, अमेरिका लगायत विकास साझेदारले ४ खर्ब ९६ अर्ब रुपैयाँसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसअघि पनि विकास साझेदारले नेपालको ग्रिड एजेण्डाका लागि ३ खर्ब ७८ अर्ब बराबरको श्रोत परिचालन गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

ग्रिड तर्फको यात्राका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने क्रममा नेपाल सरकार र विकास साझेदारहरुले आज काठमाडौं घोषणा पत्र संयुक्त रुपमा अनुमोदन गरेका छ्न ।

कोरोनाका कारण निम्तिएको संकटबाट माथि उठ्न प्राथमिकताका क्षेत्रमा लगानी गर्न ग्रिड रणनीतिक कार्ययोजनाले अन्तर्राष्ट्रिय र घरेलु लगानीहरुको समन्वय गर्ने अर्थमन्त्रालयले जनाएको छ ।

नेपालमा जलवायु परिवर्तनका चुनौती र बढ्दो असमानतालाई सम्बोधन गर्न ग्रिड एजेण्डाले मद्धत पु¥याउने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभयो ।

ग्रिड अन्तर्गतका लगानीहरूले नेपालको पन्ध्रौं विकास योजना, पेरिस जलवायु सम्झौताका लागी राष्ट्रियस्तरबाट निर्धारित योगदान तथा दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न सघाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *