खेलकूद
उज्वेकिस्तान पुगेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कंदै
२०७८ असोज ७ गते ८:१३
७ असोज २०७८ काठमाडौं । उज्वेकिस्तानबाट नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कंदै छ ।
एएफसी महिला एसियन कप२०२२ छनोटका लागि उज्वेकिस्तानमा रहेको फुटबल टोली आज स्वदेश फर्कन लागेको हो ।
फुटबल टोली आज बिहान सवा एघार बजे काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ, एन्फाले जनाएको छ।
नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको थियो । दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।
समूह एफमा रहेको नेपालले २ खेलबाट १ अंक जोड्दै पुछारमा रह्यो । पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो ।
प्रतिक्रिया