समाज

परीक्षा पास गरेर राजस्व बुझाएकै दिन परीक्षणकालीन लाइसेन्स वितरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते २०:५२
परीक्षा पास गरेर राजस्व बुझाएकै दिन परीक्षणकालीन लाइसेन्स वितरण (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ बुटवल । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको विकल्प खोज्न लागेको समाचारहरु आउँदै गर्दा बुटवलमा भने
प्रयोगात्मक परीक्षा पास गरेर लाइसेन्सका लागि राजस्व बुझाएकै दिन परीक्षणकालीन लाइसेन्स वितरण शुरु गरिएको छ ।

पाल्पाका विजय आर्चायले मोटरसाइकलको ट्रायल कटाएर यातायात व्यवस्था,सवारी चालक अनुपति पत्र कार्यालयमा राजश्व बुझाउनुभयो । त्यसलगत्तै उँहाले परिक्षणकालीन स्मार्ट लाइसन्स प्राप्त गर्नुभयो ।

ट्रायल कटाएर राजस्व तिरेको महिनौँसम्म पनि लाइसेन्सन नपाउँदा सेवाग्राही मर्कामा परेका थिए । लुम्बिनी प्रदेश सरकारले परीक्षणकालीन स्मार्ट लाइसेन्स तत्कालै दिने सेवा सुरु गरेपछि सेवाग्राही खुसी छन् ।

यातायात व्यवस्था,सवारी चालक अनुपति पत्र कार्यालयले एक वर्षको परीक्षणकालीन लाईसेन्स दिन शुरु गरेको लुम्बिनी प्रदेश सरकारको श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले दाङ, नेपालगञ्ज तथा अन्य पहाडी जिल्लाबाट पनि यो सेवा सुरु गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारको सक्रियतामा शुरु गरिएको परीक्षणकालीन लाइसेन्स सेवाले सेवाग्राहीलाई महिनौँसम्म रसिद बोक्ने र रसिदमा भएको नाम र नम्बर उड्ला कि भन्ने चिन्ताबाट मुक्ति मिलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *