आर्थिक

आगलागीपछि बन्द नेबिको बिस्कुटको प्लान्ट पुनः सञ्चालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १८:३५
आगलागीपछि बन्द नेबिको बिस्कुटको प्लान्ट पुनः सञ्चालन (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । डेढ महिनाअघि आगलागीका कारण बन्द भएको नेबिको बिस्कुटको प्लान्ट पुन सञ्चालनमा आएको छ ।

बालाजु औधोगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको प्लान्टमा गत साउन २३ गते आगलागी भएपछि उत्पादन बन्द भएको थियो ।

आगलागीबाट ठूलो क्षति भए पनि सबैको साथ र सहयोगले छोटो समयमै प्लान्ट पुनः सञ्चालन ल्याउन सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले बताउनुभयो ।

नेपालको पहिलो बिस्कुट कम्पनीको रुपमा ५७ वर्षदेखि उत्पादन गर्दै आएको नेबिकोले आगलागीबाट करिब ७० करोड रुपैँया बराबरको क्षति भएको जनाएको छ ।

यसअघि बालाजुमा रहेको दुई वटा प्लान्टबाट दैनिक २२ टन बिस्कुट उत्पादन हुने गरेको थियो । पुनःनिमार्णपछि १६ टनको हाराहारी उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *