खेलकूद

आईसीसी महिला विश्वकप क्रिकेटको एसिया क्वालिफायरको तयारी शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १६:२०
आईसीसी महिला विश्वकप क्रिकेटको एसिया क्वालिफायरको तयारी शुरु (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । मलेसियामा हुने आईसीसी महिला विश्वकप क्रिकेटको एसिया क्वालिफायरको तयारी स्वरुप नेपाली राष्ट्रिय महिला क्रिकेट टिम तयारीमा जुटेको छ ।

राष्ट्रिय महिला टिमले सुनसरीको इटहरीमा भोलिदेखि एक हप्तासम्म अभ्यास गर्ने छ । अहिले टिममा राम्रो अभ्यास भएको र धेरै वटा खेल खेल्ने अवसर पाएकाले एसिया कपमा क्वालिफायर हुने सम्भावना बलियो रहेको टोलीका प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

काठमाडौँ बाहिर भएको अभ्यासमा सम्भावना बोकेका स्थानीय खेलाडीलाई पनि समावेश गरिनेछ ।

एक साताको अभ्यासपछि काठमाडौँमा नेपाली महिला क्रिकेट टिमले अन्तिम अभ्यास गर्ने छ । त्यसपछि क्वालिफायरका लागि मलेसिया जाने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्