नेपाल र ओमानबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुने

६ असोज २०७८ काठमाडौं । नेपाल र ओमानबीच कतारमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुने भएको छ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो । खेल यही आइतबार कतार युनिभर्सिटी मैदानमा हुने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ । साफको तयारीका लागि नेपाली टोली कतारमै छ ।
यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । ओमानसँगको खेलपछि नेपाली टोली साफ च्याम्पियनसीपका लागि कतारबाटै जानेछ ।
साफ च्याम्पियनसिप माल्दिभ्समा यही असोज १५ देखि ३० गतेसम्म हुने तालिका छ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुनेछ । त्यस्तै दोस्रो खेल श्रीलंकासँग असोज १८ गते खेल्नेछ ।
तेस्रो खेलमा भारतसँग असोज २४ र लीग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ गते खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लीग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० गते प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया