खेलकूद

युवा खेलाडीको प्रदर्शन सन्तोषजनक, राम्रो नतिजाका लागि के गर्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ५ गते २१:०४
युवा खेलाडीको प्रदर्शन सन्तोषजनक, राम्रो नतिजाका लागि के गर्ने ? (भिडियो रिपोर्टसहित)

५ असोज २०७८ काठमाडौं । पुस्तान्तरणको चरणमा पुगेको नेपाली क्रिकेटमा अहिले युवा खेलाडीको उपस्थिति बढिरहेको छ । दुई तीन जनाबाहेक सबै खेलाडी नयाँ छन् जसको भरमा नेपालले प्रदर्शन पनि सन्तोषजनक नै गरिरहेको छ । तर, अझ राम्रो नतिजा निकाल्नका लागि उनीहरुलाई धेरै भन्दा धेरै खेल खेलाउनु पर्ने आवश्यकता छ ।

ओमान भ्रमणका क्रममा गुल्शन झाले राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू गरे । यही भ्रमणका क्रममा भएको पीएनजीविरुद्धको सिरिजबाट कुशल भुर्तेलले पनि एक दिवसीयमा नेपालका लागि पहिलो क्याप लिए । ओमान भ्रमणमा नेपालले कुल ६ वटा म्याच खेल्दा चार वटा जित्यो । जसमा युवा खेलाडीको प्रदर्शन राम्रो रह्यो ।

ओमानमा भएका खेलमा बलिङमा सन्दिप लामिछाने र करण केसीले निर्णायक प्रदर्शन गर्दा कुशल भुर्तेल, आशिफ शेख, गुल्शन झा, रोहित कुमार पौडेलको ब्याट पनि राम्रै चल्यो । तर, भ्रमणका क्रममा दुई महत्वपूर्ण म्याच हार्नुको कारणमा युवा खेलाडीको कम अनुभव नै जिम्मेवार देखियो ।

नेपाली क्रिकेटमा प्रतिभाको कमी छैन । तर, भएका प्रतिभालाई कसी लगाउनु पर्छ । नेपाली क्रिकेट अब एक दिवसीय मान्यतामा टिक्ने मात्र होइन, एसोसियटमा दबदबा कायम राख्ने स्तरको हुनुपर्ने खेलप्रेमीको अपेक्षा छ । त्यसैले यो अपेक्षा पूरा गर्नका लागि नेपाल क्रिकेट संघ लगायत अन्य निकायले खेलाडीलाई म्याच अनुभव र प्रोत्साहन दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्