खेलकूद

पारस, वसन्त र दीपेन्द्रले ईपीएल क्रिकेट नखेल्ने

हिमालय टिभी
२०७८ असोज ५ गते १८:२७
पारस, वसन्त र दीपेन्द्रले ईपीएल क्रिकेट नखेल्ने

५ असोज २०७८ काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट नखेल्ने भएका छन् ।

ईपीएलले आज सहभागी ६ वटै टोलीका खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्दा घरेलु क्रिकेटका ठूला नामहरु पारस, वसन्त र दीपेन्द्र कुनै टोलीमा छैनन् ।

पारस र वसन्त विराटनगर वारियर्सबाट खेल्दै आएका थिए भने दीपेन्द्रलाई काठमाडौं किङस् इलाभेनले यस सिजनका लागि अनुबन्ध गरेको थियो ।

काठमाडौंले सोमपाल कामीलाई चितवन टाइगर्स पठाउँदै चितवनका दीपेन्द्रलाई टोलीमा भित्र्याएको थियो । तर लिग सिरिजका क्रममा ओमानमा प्रशिक्षणका दौरान खुट्टामा चोट लागेपछि उनलाई पूर्ण रुपमा ठिक हुन केही साता लाग्ने छ ।

त्यस्तै, दुई महिना अघि राष्ट्रिय क्रिकेट टोलीबाट सन्यास लिएका पारसले घरेलु खेल खेल्ने बताए पनि यो सिजन ईपीएलमा देखिने छैनन् । टोली अर्का सदस्य तथा भेट्रान स्पिनर वसन्त गत चैतदेखि अमेरिकाको घरेलु क्रिकेट खेल्दै आएका छन् ।

६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिमापुरमा हुनेछ । ईपीएल क्रिकेटको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन एचडीबाट हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्