खेलकूद

नेपाल हङकङसँग बराबरी खेल्दै एफसी महिला एसिया कप छनोटमा असफल

हिमालय टिभी
२०७८ असोज ५ गते १८:२१
नेपाल हङकङसँग बराबरी खेल्दै एफसी महिला एसिया कप छनोटमा असफल

५ असोज २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

काठमाडौंमा आज शुरु भएको बैठकमा अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने कदम राजनीतिक स्थायित्व र लोकतन्त्र बचाउनका लागि गरिएको जायज विद्रोह भएको उल्लेख छ ।

उहाँले गत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ताको भेलाबाट सम्मानजनक एकतामा जोड दिँदै त्यस परिस्थिति हुन नसकेकाले विद्रोहबाट नयाँ पार्टी गठन गर्ने निर्णय अनुसार एकीकृत समाजवादी निर्माण गरिएको बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको नाटक मात्रै गरेको नेपालको आरोप छ । ओली पक्षले गरेको १० बुँदे सहमति प्रतिनिधिसभा विघटनको मुद्दालाई प्रभावित पार्ने षड्यन्त्र भएको नेपालको भनाइ छ ।

नेपालले विदेशी गुप्तचर संस्थाका प्रमुखसँग मध्यरातमा गुप्त मन्त्रणा गरी राष्ट्रियतामा समेत आँच पुग्ने गरी ओलीले प्रतिनिधिसभा विघटन गरेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्ने पार्टी भएको बताउनुभयो ।

पार्टीले समान्ती तथा दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादी शोषण, दमन एवं उत्पीडनको अन्त्य गरी जनवादी चरण हुँदै वैज्ञानिक समाजावदको स्थापना गर्ने प्रतिवेदनमा भनिएको छ ।

अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँच वटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यलाई सपथ गराइएको पनि उहाँले बताउनुभयो । एकीकृत समाजवादी पार्टीले अबको तीन महिनाभित्र सबै तह र जनसंगठनमा पार्टीको कमिटी विस्तार गर्ने भएको छ ।

प्रदेश, जिल्ला र स्थानीय तह तथा जनसंगठनमा तीन महिनाभित्र पार्टी कमिटी गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो । भोलिको बैठकले नेताको कार्यविभाजन गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्