समाज

शिक्षामा लगानी बालुवामा पानी, जीर्ण भवन निर्माणमा दाताकै भर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ५ गते १४:४८
शिक्षामा लगानी बालुवामा पानी, जीर्ण भवन निर्माणमा दाताकै भर (भिडियो रिपोर्टसहित)

५ असोज २०७८ बुटवल । सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको छ । तर सामुदायिक विद्यालयका भवनहरु जीर्ण छन् । विद्यालयले भवन निर्माण गर्नका लागि दाताको भर पर्ने अवस्था छ ।

‘ठूला मानिसलाई जेल बनाउनुभन्दा सानालाई स्कूल बनाउनु बेस ।’
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ स्थित सरस्वती आधारभूत विद्यालयको कक्षा कोठाको भित्तामा लेखिएका हरफ हो यो ।

तर यो स्कूलको कथा भने यो हरफ भन्दा फरक छ । कारण यिनै हरफभन्दा माथि पट्टी हेर्ने हो भने कक्षा कोठाको भवन चर्किएको छ । २०३४ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा ८ सम्म पढाई हुँदै आएको छ । कक्षा कोठा पूराना र जीर्ण बन्दै गएका छन् । ३ महिना अघि विद्यालयको भवन भत्किदा २ जना विद्यार्थी घाइतेसमेत भए ।

कोरोना भाइरस महामारी कम भएपछि अब भौतिक उपस्थितिमै कक्षा कोठामा पठनपाठन हुन्छ । तर विद्यालयलाई पिरलो छ, अब विद्यार्थीलाई कसरी पढाउने ? २ सय ५० जना विद्यार्थी रहेको यो विद्यालयमा भवनको अभाव छ । त्यसैले बहुकक्षा र २ सिफ्टमा कक्षा सञ्चालन गर्ने विद्यालयको तयारी छ ।

सामुदायिक विद्यालयले भवन निर्माण गर्नका लागि दाताकै भर पर्नुपर्ने अवस्था छ । सरकारी निकायबाट भवन निर्माणका लागि कुनै सहयोग नआएपछि फेरि भवन निर्माण र स्कूल बस सञ्चालनका लागि महायज्ञ गर्ने विद्यालयको तयारी छ ।

सरस्वती आधारभूत विद्यालयमा तिनै तहका सरकारबाट कुनै सहयोग नभएको स्थानीय बासिन्दाको गुनासो छ । उनीहरु आफ्नो विद्यालय आफैँ बनाऔं भन्ने अभियानसहित भवन निर्माणमा जुटेका छन् ।

एकातिर निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता सामुदायिक विद्यालयको छ, भने भएका विद्यार्थीलाई कक्षा कोठा अपुग हुँदा पठनपाठनमा समस्या हुने गरेको छ । सरकारले बजेटमार्फत ठूलो हिस्सा शिक्षा क्षेत्रलाई छुट्टाए पनि अझै सामुदायिक विद्यालयले भवन निर्माणका लागि दाताकै भर पर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *